सिक्किमको प्रतिष्ठित ‘रश्मिप्रसाद एल्ली पुरस्कार २०२०’ नेपाली फिल्म निर्देशक उगेन छोपेललाई प्रदान गरिने भएको छ ।
सिक्किमको ग्यांटोकमा बिहिबार बसेको सिक्किम प्रज्ञा प्रतिष्ठानको बैठकले १२ नोभेम्बर २०२० मा देवकोटा जयंती मनाउने र सोहि अवसरमा पुरस्कार हस्तान्तरण गर्ने निर्णय गरेको हो । नेपाली कला र संस्कृतिको क्षेत्रमा पुऱ्याएको योदगानको सम्मानस्वरुप पुरस्कार प्रदान गर्न लागिएको बताईएको छ ।

उगेन छोपेल (दायाँ)
पुरस्कार सिक्मिमका मूख्यमन्त्री पीएस गोलेले प्रदान गर्नेछन् । पुरस्कार राशी भारु. ३१ हजार र प्रमाणपत्र रहेको छ ।
उगेनले बि.सं. २०४५ सालमा पहिलो फिल्म ‘साईनो’ निर्देशन गरेका थिए । त्यसपछि उनले ‘तृष्णा’, 'नेपाली बाबु’ र ‘बादल पारी’ निर्देशन गरे । उगेन बीस बर्षदेखी नेपाली फिल्ममा सक्रिय छैनन् । उनले बलीउडका केहि फिल्ममा एशोसियट निर्देशन तथा टेलिसिरियल निर्देशन गरेका छन् । उगेनले कोरोना महामारी पछि नेपाली फिल्म निर्देशनको तयारी गरिरहेको बताएका छन् ।

