Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यी हुन् आमिर खानको करिअर संकटमा पारेका दश फिल्म

एजेन्सी, मुम्बई, 2020/10/23
बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट भन्ने गरिन्छ ।  उनी ठूला स्टार भए पनि निकै विनम्र छन् । फिल्म चल्दा होस् या फिल्म फ्लप हुँदा होस्, उनी सधैं संयम देखिन्छन् । दुई वर्ष अगाडि उनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ खासै राम्रो चलेन । यसलाई उनले आफ्नो कमजोरीका रुपमा लिए । अहिले उनी ‘लाल सिंह चढ्डा’ को सुटिङमा व्यस्त छन् । 
 
फिल्म चयन गर्दा पहिले कथालाई गम्भीरतापूर्वक हेर्ने आमिर खान विश्वभरी चार सय करोड, आठ सय र हजार करोड कमाउने फिल्म ‘थ्री इडियट्स’, ‘पिके’ र ‘दंगल’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । पछिल्लो समय उनलाई बक्सअफिसमा हिट मेशिन समेत भन्ने गरिएको छ । तर, उनका केही यस्ता फिल्म पनि छन्, जसले आमिरको करिअर नै संकटमा पारेको थियो ।  
 
3 box-office records that Aamir Khan will hold forever | Filmfare.com
 
आमिर खानका १० फ्लप फिल्म यस्ता छन् :-
 
१. जवानी जिन्दावाद
डाइरेक्टर : अरुण भट्ट
रिलिज : १९९०
कलाकार : आमिर खान, फरहानाज, कादर खान, जावेदजाफरी, असरानीलगायत । 
 
२. लभ लभ लभ
डाइरेक्टर : बब्बर सुभाष
रिलिज : १९८९
कलाकारहरु : आमिर खान, जुही चावला, गुलशन ग्रोवर, दिलीप ताहिल, ओम शिवपुरीलगायत । 
 
३. मन
डाइरेक्टर : इन्द्र कुमार
रिलिज : १९९९
कलाकारहरु : आमिर खान, मनिषा कोइराला, अनिल कपूर, रानी मुखर्जी, शर्मिला टैगोरलगायत । 
 
४. मेला
डाइरेक्टर : धर्मेश दर्शन
रिलिज : २०००
कलाकारहरु : आमिर खान, ट्विंकल खन्ना, फैसल खान, ऐश्वर्या राय, टिन्नू वर्मालगायत । 
 
५. परम्परा
डाइरेक्टर : यश चोपडा
रिलिज : १९९२
कलाकारहरु : आमिर खान, सैफ अली खान, विनोद खन्ना, रवीना टंडन, सुनिल दत्तलगायत । 
 
६. बाजी
डाइरेक्टर : आशुतोष गोवारिकर
रिलिज : १९९५
कलाकारहरु : आमिर खान, ममता कुलकर्णी, कुलभुषण खरबन्दा, असरानीलगायत । 
 
७. तुम मेरे हो
डाइरेक्टर : ताहिर हुसैन
रिलिज : १९९० 
कलाकारहरु : आमिर खान, जूही चावला, अजित वाच्छानी, राजेन्द्रनाथ जुत्शी, सुधिर पाण्डेलगायत । 
 
८. आतंक हि आतंक
डाइरेक्टर : दिलीप शंकर
रिलिज : १९९५
कलाकारहरु : आमिर खान, जूही चावला, रजनीकान्त, अर्चना जोगलेकर, ओम पुरीलगायत । 
 
९. दौलत कि जंग
डाइरेक्टर : एस. ए. कादेर
रिलिज : १९९२
कलाकारहरु : आमिर खान, जूही चावला, कादर खान, परेश रावललगायत ।
 
१०. अब्बल नम्बर
डाइरेक्टर : देव आनन्द
रिलीज : १९९०
कलाकारहरु : आमिर खान, देव आनन्द, आदित्य पञ्चोली, नीता पुरी, एकता बहललगायत ।
Most Visited News (monthly)