Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 1.83/5.00)
Text size:-
+
-

जब अक्षय कुमारका लगातार १४ फिल्म फ्लप भए

एजेन्सी, मुम्बई, 2020/10/23
बलिउडमा आफ्नो मेहनतले पहिचान बनाउन सफल अक्षय कुमार सबैभन्दा मेहनती अभिनेतामध्ये एक हुन् । उनको एकै वर्ष ३ देखि ४ वटा फिल्म रिलिज हुन्छन् । सबै फिल्म हिट पनि हुन्छन् । उनले आफ्नो फिल्मी करिअरमा रोमान्टिक, एक्सन, कमेडी, देशभक्ति सबै प्रकारका फिल्म गरेका छन् । उनी आफ्नो फिल्मको चरित्रलाई हुबहुँ निभाउँदैनन् मात्र त्यसलाई जिउँछन् पनि ।
 
Akshay Kumar's earnings revealed by Forbes: Here are 5 highest-paid celebs  in the world - bollywood - Hindustan Times
 
तर, फिल्म करिअरको सुरुवाती दिनमा अक्षय कुमारले अभिनेताको रुपमा इन्डस्ट्रीमा आफ्नो पहिचान बनाउन निकै मेहनत गर्नुपरेको थियो । एक नयाँ अन्तर्वार्तामा अक्षयले आफ्नो करिअरको मुश्किल दिनको बारेमा खुलेर बताएका छन् । ‘एक समय यस्तो थियो जब मेरो १४ फिल्म लगातार फ्लप भएको थियो । त्यसबेला लागेको थियो कि अब करिअर सकियो’, उनी विगत सम्झन्छन् । 
 
उनी अगाडि भन्छन्, ‘म त्यसबेला हारेको महशुस गर्थेँ । करिअर सकिएको लाग्थ्यो । तर, त्यसबेला मैले सिकेको मार्सल आर्टको ट्रेनिङ काम आयो । यसले हामीलाई डिसिप्लिनमा राख्न सिकाउँछ ।’ उनी १४ फिल्मको असफलताबाट आफूले धेरै सिक्न पाएको बताउँछन् । केही वर्षयता उनले लगातार हिट फिल्म दिइरहेका छन् । अहिले उनलाई ‘बक्सअफिसको हिट मेशिन’ भन्ने गरिन्छ ।
Most Visited News (monthly)