Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुलपातीको अवसरमा ‘चिलगाडी’ घोषणा

फिल्मीखबर, काठमाडौं, 2020/10/23
सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने नेपाली फिल्म ‘चिलगाडी’ फूलपाती दिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्मको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।
 
 
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने 'चिलगाडी'ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष संदेश समेत बोक्ने निर्माता सापकोटाले बताए । सापकोटाका अनुसार नेपाली समाजको कहालीलाग्दो यथार्थलाई यो फिल्मले प्रस्तुत गर्नेछ । 
 
पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन् । सागर प्रधानले छायांकन गर्ने फिल्मका अन्य कलाकार तथा प्राविधिकहरु भने छनौट हुन बाँकी छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
 
Most Visited News (monthly)