Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंको मुखमा पनि पललाई भ्याइनभ्याइ

फिल्मीखबर, काठमाडौं, 2020/10/22
 
कोरोना भाइरसको महामारीका कारण फिल्म अभिनयमा सीमित धेरै कलाकार कामविहीन भएका छन् । आम्दानी लगभग शून्य झैँ छ । सरकारले फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा विगत सात महिनादेखि उनीहरु घरभित्रै दैनिकी विताउन बाध्य छन् । तर, केही कलाकारलाई दोस्रो चरणको बन्दाबन्दीपछि म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ छ । 
 
लकडाउनमा सर्वाधिक व्यस्त अभिनेतामध्ये एक हुन्, पल शाह । उनले केही हप्तायता दैनिक झण्डै १५ घण्टासम्म म्यूजिक भिडियोमा काम गर्दै आएका छन् । लकडाउन अन्त्य र निषेधाज्ञा खुकुलो भएपछि उनले ३० वटाभन्दा म्यूजिक भिडियोमा काम गरे, जुन अहिले दैनिक यूट्युबमा सार्वजनिक भइरहेका छन् । उनको पाइपलाइनमा अझै एक दर्जन बढी म्यूजिक भिडियो छन् । 
 
नेपालीहरुको महान चाड दशैं मनाउन प्रायः कलाकारले कामबाट विश्राम लिइसके पनि पल भने अष्टमीसम्म म्यूजिक भिडियोको काममा नै व्यस्त हुने बताइएको छ । फिल्मको छायांकन र प्रदर्शन रोकिँदा म्यूजिक भिडियोलाई समय दिन उनलाई गजबको मौका जुरेको छ ।  तर, दिनहुँ सार्वजनिक भएका म्यूजिक भिडियोले उनको क्रेज कमजोर बनाएको कतिपयको टिप्पणी छ ।
 
काठमाडौंमा घर ठ्ड्याउन लागेका कारण पल शाहले अन्धाधुन्ध म्यूजिक भिडियो गरिरहेको स्रोत बताउँछ । उनले एक भिडियोका लागि डेढ लाखसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । लकडाउनभन्दा अगाडि उनी फिल्म ‘दुई नम्बरी’ को छायांकनमा व्यस्त थिए । लकडाउनमा दुई फिल्म ‘हुतुतु र रेड वाइन’ साइन गरेका उनको फिल्म ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको पखाईमा छ ।
Most Visited News (monthly)