Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंश दाम्पतीले जिते कोरोना

फिल्मीखबर, काठमाण्डौ, 2020/10/22
 
हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए । हरिवंश आचार्यले कोरोना जितेकोमा खुसी व्यक्त गरेका छन् ।
 
उनले श्रीमतीसँगको एक तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै-धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ उनले आफू र श्रीमतीलाई कोरोना देखिएपछि आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका थिए । तर, उनीहरुसँग नजिक रहेका कसैलाई कोरोना देखिएको छैन । 
 
कोरोना संक्रमण पुष्टि हुनुभन्दा अगाडि हरिवंश आचार्य फिल्म ‘हुतुतु’ को स्क्रिप्टमा व्यस्त थिए । तर, अब उनी पहिलेजस्तो निस्फिक्री हिँड्ने मुडमा छैनन् । उनले केही दिन अगाडि आइसोलेसनबाट दशैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका थिए । यसपालिको दशैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न उनले सुझाव दिएका छन् । 
Most Visited News (monthly)