
अभिनेता दिलजीत दोसांझ, मनोज बाजपेयी र फातिमा सना शेख अभिनीत फेमिली कमेडी फिल्म ‘सूरज पे मंगल भारी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडीले भरिएको छ । यो फिल्मका निर्देशक अभिषेक शर्मा हुन् । फिल्ममा अन्नू कपूर, सुप्रिया पिलगांवकर, विजय राज, मनोज पाहवा, नीरज सूद, मञ्जुल शर्मा, अभिषेक बनर्जी, करिश्मा तन्नाको पनि अभिनय रहेको छ ।
ट्रेलरमा देखाइएको छ कि दिलजीत विवाह गर्न खोजेका छन्, तर जब उनी केटी हेर्न जान्छन् तब कुनै न कुनै कारणले रिजेक्ट हुन्छ । पछि उनलाई थाहा हुन्छ कि एक व्यक्ति उनको जासुसी गरिरहेको छ र उनको खराब बानी केटीको परिवारलाई बताइरहेको छ । यसपछि उनी मनोज बाजपेयी (मंगल) को बहिनीलाई प्रेमको जालमा फसाउँछन् । ट्रेलरमा पञ्चलाइन गजब छ ।
निर्देशक शर्माले फिल्मको बारेमा जानकारी दिँदै भनेका छन्, ‘सूरज पे मंगल भारी’ एक अनौठो पारिवारिक कमेडी हो, जसले बलियो चरित्रको दममा हास्य पैदा गर्छ । यसको पृष्ठभूमिमा १९९० को दशकको निर्दोषता र सरलता छ, जुन समयमा सोसल मिडिया वा फोन हुँदैन थियो ।’ यस वर्षको तिहारमा प्रदर्शनमा आउन लागेको यो फिल्मलाई गौरव गुप्तेले निर्माण गरेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-

