Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्मा र मेनुकाको ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट

फिल्मीखबर, काठमाण्डौ, 2020/10/21
 
मोहन राई निर्देशित फिल्म ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा फिल्म छनोट भएको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रदर्शनमा आउन नसकेको यो फिल्म नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म हुने फेस्टिभलमा वर्ल्ड प्रियिमर हुनेछ ।
 
कोलकाता फिल्म फेस्टिभलमा फिल्म छनोट भएकोमा कलाकारदेखि निर्माता-निर्देशकले खुसी व्यक्त गरेका छन् । केही प्राविधिक कारणले फिल्म तयार हुन समय लागेको तर ढिला भए पनि राम्रो बनेको निर्देशक राईले बताए । उनका अनुसार, फिल्मले एक रातको कथा भन्छ । काठमाडौंमा रातको समयमा दुई अपरिचित युवा-युवतीको भेट भएपछिको कथालाई फिल्ममा बुनिएको छ । 
 
नायक कर्मा शाक्य, नायिका मेनुका प्रधान र कलाकार जीवन बरालको अभिनय रहेको ‘महानगर’ माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स् प्रालिले निर्माण गरेको हो । यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परिक्षित झाको सम्पादन छ । 
Most Visited News (monthly)