Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

दशैंमा घरमै बसेर ‘समर लभ’ हेर्न पाइने

फिल्मीखबर, काठमाण्डौ, 2020/10/21
 
कोरोनाका कारण सात महिनादेखि सिनेमा हलमा ताल्चा लागेको छ । जसले गर्दा निर्माण सम्पन्न भएका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । अघिल्ला वर्षमा दशैंको छेकोमा सिनेमा हलमा फिल्म हेर्ने दर्शकको भीड हुन्थ्यो । तर, यसपालीको दशैंमा सिनेमा हल सुनसान छन् । दशैंलाई प्रदर्शन मिति घोषणा गरेका फिल्मको कोरोनाका कारण छायांकन समेत पूरा हुन सकेको छैन । 
 
सात महिनादेखि सिनेमा हलमा गएर फिल्म हेर्न नपाउँदा न्यास्रिएका दर्शकलाई लक्षित गर्दै युवा आख्यानकार सुबिन भट्टराईको सर्वाधिक विक्री भएको पुस्तक ‘समर लभ’ मा आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ फूलपातीबाट टिभीमा रिलिज हुने भएको छ । निर्देशक मुस्कान ढकालका अनुसार, कात्तिक ७ गतेबाट डिसहोमको च्यानल नम्बर ८ मा फिल्म हेर्न पाइनेछ ।
 
ढकालले दशैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जीवत राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए । ‘दशैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ फिल्म रिलिज हुन सकेनन् । दशैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २ सय २५ मा फिल्म हेर्न सक्नेछन् ।
 
‘समर लभ’ लाई म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी दिए । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ । फिल्म व्यावसायिक रुपमा भने असफल भएको थियो ।
Most Visited News (monthly)