Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 2.62/5.00)
Text size:-
+
-

सैफले यसरी फिर्ता लिएका थिए ८ सय करोडको महल

एजेन्सी, मुम्बई, 2020/10/18
 
अभिनेता सैफ अली खानको करोडौं मुल्यको आलिसान पटौदी प्यालेसको बारेमा जो कोही जानकार छन् । सैफ फुर्सदको समयमा परिवारसँग यो प्यालेसमा बस्ने गर्दछन् । उनको पिताको निधन भएपछि यो प्यालेसलाई भाडामा दिइएको थियो । पछि सैफले पैसा तिरेर पटौदी प्यालेस आफ्नो नाम गरेका थिए । उनले फिल्ममा काम गरेर आठ सय करोडको यो प्यालेस फिर्ता लिएका थिए ।
 
एक अन्तर्वार्तामा सैफले भनेका छन्, ‘जब पिताको निधन भयो तब पटौदी प्यालेस, नीमराना होटललाई भाडामा दिइएको थियो । अमन र फ्रान्सिस होटल चलाउँथे । फ्रान्सिसको निधन भएपछि मैले पटौदी प्यालेस फिर्ता लिएँ ।’ उनले फिल्ममा कमाएको पैसाले यो प्यालेस फिर्ता लिएको बताएका छन् । हालै यही प्यालेसमा सैफ र करीनाले विवाहको ८औं वर्षगाँठ सेलिब्रेट गरेका थिए । 
 
सैफको पटौदी प्यालेस हरियाणाको गुरुग्राममा अवस्थित छ । यसलाई दुनियाँको सबैभन्दा सुन्दर महलमध्ये एक मानिन्छ । १० एकडमा फैलिएको यो प्यालेसमा सात ड्रेसिङ रूम, सात बेडरूम, सात बिलियर्ड रूम, डाइनिङ रूम र ड्रइङ रूमसहित १ सय ५० वटा कोठा छन् । यो प्यालेसमा ‘मंगल पान्डे, वीर जारा, मेरे ब्रदर की दुल्हन’ लगायतका फिल्म समेत छायांकन भएको छ ।
Most Visited News (monthly)