अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को दोश्रो टिजर रिलिज भएको छ ।
शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरकी छोरी कबिता मानन्धरको डेब्यु रहेकोले पनि यो फिल्मको चर्चा हुने गरेको छ । यस अघि दुई बर्ष अगाडी पहिलो टिजर रिलीज भएको थियो । पहिलो टिजरमा कबिता र शक्तीलाई अटाईएको थिएन ।

२०७४ चैत्र ३० गते मुहुर्त भएको यो फिल्म लामो समयपछि प्रदर्शनको लागि तयार भएको हो । निर्देशक दिपेश सापकोटाका अनुसार यो फिल्म हलहरु खुल्नासाथै रिलीज गरिने छ । फिल्ममा कबिता, शक्ति र शिव श्रेष्ठको साथमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोईराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगाएको अभिनय छ ।
दोश्रो टिजरमा प्रेम र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माताहरु यसोधा राई र दिनेश दर्शनधारी हुन भने सह निर्माता खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर हुन् ।
टिजर:

