Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रान्डसँग जोडिँदा आर्थिक रुपमा सहयोग मिल्छ : केकी अधिकारी

फिल्मीखबर, काठमाडौं, 2020/10/17
 
अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले ब्रान्डसँग जोडिँदा कलाकारलाई आर्थिक रुपमा ठूलो सहयोग पुग्ने बताएकी छन् । अहिलेसम्म एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी उनले नेपालको मार्केट अनुसार ब्रान्डमा जोडिए बापत पाउने पारिश्रमिक लोभलाग्दो रहेको बताइन् । तर, मानिसको स्वास्थ्यलाई असर पुग्ने ब्रान्डसँग भने जोडिनु राम्रो नहुने उनको कथन छ ।
 
शनिवार एक वर्षका लागि ‘अनार चामल’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएकी उनले चामल मानिसको जीवनमा पहिलो प्राथमिकतामा पर्ने भएकाले राम्रो चामलको प्रयोग गर्न सुझाव दिएकी छन् । ‘अनार चामल’ प्रयोग गरेपछि ब्रान्ड एम्बास्डरमा नियुक्त भएको बताउँदै उनले भनिन्, ‘फुडमा सही निर्णय लिनु पर्छ । हामीले जीवनलाई अगाडि बढाउने भन्ने फुडले निर्भर गर्छ ।’
 
केकी ‘अनार चामल’ को ब्रान्ड एम्बास्डरमा तेस्रो पटक नियुक्त भएकी हुन् । यसपटक यो ब्रान्डसँग गायक तथा फिल्म ‘परदेशी २’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका प्रकाश सपुत पनि जोडिएका छन् । चामलको स्वाद मन परेपछि ब्रान्ड एम्बास्डरमा नियुक्त भएको उनले बताए । प्रकाश र केकीले केही म्यूजिक भिडियोसँगै फिल्म ‘परदेशी २’ पनि एकसाथ काम गरेका छन् ।
 
अब केकी र प्रकाशले एक वर्षसम्म ‘अनार चामल’ को विज्ञापनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाउनु पर्नेछ । शान्भी इन्टरनेशनल ग्रुपका अध्यक्ष भरत चलाउनेले केकी र प्रकाश जस्ता चर्चित कलाकारको साथले एक वर्षमा ‘अनार चामल’ हरेक नेपालीको भान्सामा पाक्ने विश्वास व्यक्त गरे । यो चामलको बजार व्यवस्थापन भने गायिका अनिता चलाउनेले जिम्मा लिएकी छन् ।
Most Visited News (monthly)