Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता हसन भन्छन्, ‘बलात्कारका दोषीलाई ७ दिनभित्र दण्डित गर्नुपर्छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/16
पछिल्लो समय नेपालमा दिनहुँ जसो बलात्कारका घटनाहरु घटिरहेका छन् । सवारी साधनमा सामुहिक बलात्कारदेखि नाबालिका बलात्कारसम्मका घटनाले नेपाल महिलाको लागि असुरक्षित बन्दै गएको चौतर्फी गुनासो सुनिन थालेको छ । तर, राज्य सत्ता सञ्चालन गर्ने वर्ग नेपालमा बलात्कारका घटनालाई लिएर चिन्तित हुनुपर्ने अवस्था नभएको हल्का टिप्पणी गरिरहेका छन् ।
 
 
देशमा बढ्दो बलात्कारका घटनाले आम मानिससँगै नेपाली कलाकारहरुको पनि मुटु काप्न थालेको छ । ऋचा शर्मा, केकी अधिकारी, बर्षा राउतलगायतले देशमा महिलाको सुरक्षा र सम्मान कहाँ छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् । अभिनेता तथा निर्माता हसनराजा खानले पनि देशमा बढेको बलात्कारका घटनाको विषयमा एक भिडियोमार्फत् आफ्नो भनाई राखेका छन् । 
 
हाल दुबइमा रहेका हसनले आफ्नो यूट्युब च्यानल ‘साहास नेपालीको’ मा एक भिडियो पोस्ट गर्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताएका छन् । उनले भने- ‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौं ? यस प्रकारका घटनाले मलाई पुरुष भएकोमा लज्जा महशुस भइरहेको छ ।’ 
 
आफूमाथि हुने शोषणको बारेमा बोल्न उनको आग्रह छ । बलात्कारको घटनाको विषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले यसका लागि बलियो कानुनको आवश्यकता रहेको औंल्याए । बलात्कारका दोषीलाई ७ दिनभित्र दण्डित गर्नुपर्ने उनको माग छ । ‘अलबिदा र रोमियो’ फिल्ममा अभिनय गरिसकेका हसनले चाँडै नयाँ फिल्म लिएर आउने बताएका छन् । 
 
भिडियो :-
 

Most Visited News (monthly)