Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीलाई ‘एभरग्रिन फेसन आइकन’ अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2020/10/16
 
चार दशक लामो अभिनय करिअरमा कयैन् यादगार फिल्म दिएका चर्चित अभिनेता भुवन केसी उमेरले ६० वर्ष नाघिसकेका छन् । यो उमेरमा प्रायः व्यक्ति कुनै पनि पेशाबाट अवकास लिएर परिवारसँग समय विताउने गर्दछन् । तर, अभिनेता केसी आजका दिन पनि अभिनय र फिल्म निर्माणमा सक्रिय छन् । उनले छोरा अनमोललाई समेत आफूले हिँडेको बाटोमा ल्याएका छन् । 
 
उमेरको यो विन्दूमा पनि भुवन केसीले आफूलाई निकै फिट राखेका छन् । यसकारण पनि उनी सार्वजनिक कार्यक्रममा आफ्नो उमेर खुलाउँदैनन् । उमेरको प्रश्न आउँदा उनी रेडिमेड जवाफ फर्काउँछन्, ‘अनमोलभन्दा कान्छै हुँ ।’ उनलाई फिल्मकर्मी तथा दर्शकहरुले ‘फेसन आइकन’ समेत भन्ने गरेका छन् । नेपाली फिल्म क्षेत्रमा उनी जत्ति आकर्षक भएर हिँड्ने कमै कलाकार छन् । 
 
फेसनको मामलामा आफूलाई अरु कलाकारभन्दा भिन्न रुपमा प्रस्तुत गरेको भन्दै पेजेन्ट नेपाल इन्टरनेशनलले भुवन केसीलाई ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित गरेको छ । बिहीवार बालकुमारीमा एक कार्यक्रमका बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । पेजेन्ट नेपालका अध्यक्ष तथा अभिनेता दीक्पाल कार्कीले भुवन केसी यो अवार्डको हकदार रहेको बताए ।
 
 
अवार्ड ग्रहण गरेपछि अभिनेता भुवन केसीले यो अवार्डले आफूलाई अत्यन्त हर्षित र थप उत्साहित बनाएको बताए । त्यस्तै, उक्त कार्यक्रममा अभिनेत्री रीमा विश्वकर्मालाई ‘मोस्ट इनफ्लुएन्सेस टिभी आइकन’ अवार्ड प्रदान गरिएको थियो । गत वर्ष पेजेन्ट नेपाल इन्टरनेशनलले ‘फेसन आइकन’ को अवार्ड अभिनेत्री करिश्मा मानन्धर र अभिनेता प्रशान्त ताम्राकारलाई प्रदान गरेको थियो । 
Most Visited News (monthly)