Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डेसान’ मा गाउँले भूमिकामा निशान

फिल्मीखबर, काठमाण्डौ, 2020/10/12
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत पहिलो हप्ताबाट लकडाउन घोषणा गरेपछि धेरै फिल्मको छायांकन अधुरैमा रोकियो । फिल्म ‘डेसान’ को पनि लकडाउनभन्दा अगाडि नवलपुर जिल्लाको कावासोतीमा छायांकन भइरहेको थियो । तर, लकडाउन भएपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको छायांकन निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुरु भएको छ । 
 
 
फिल्मलाई कमल एकचै मगरले निर्देशन गरिरहेका छन् । उनका अनुसार, अब फिल्मको २० प्रतिशत छायांकन मात्र बाँकी छ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण भइरहेको यो फिल्मबाट अभिनेताको रुपमा निशान चौहानले डेब्यू गर्दैछन् । बाल्यकालदेखिको हिरो बन्ने सपना पूरा भएकोमा उनी खुसी छन् । फिल्ममा आफ्नो गाउँले यूवकको भूमिका रहेको उनले बताए । 
 
‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी र ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत रहेका उनले फिल्ममा निर्वाह गरेको भूमिकाबारे जानकारी दिँदै भने- ‘गाउँमा हुर्किएको एउटा केटा । जीविको पार्जनका लागि उसले गाउँमा कुखुरा पालन गरेको छ । त्यही क्रममा उसको जीवनमा एक युवतीको प्रवेश हुन्छ । त्यसपछि उसको जीवनमा आउने उतारचढावमा फिल्म केन्द्रित छ ।’
 
फिल्ममा निशानले नव-अभिनेत्री पुनम थापासँग रोमान्स गरेका छन् । ‘डेसान’ मा नम्रता सापकोटा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई चक्र महर्जनले खिचिरहेका छन् । कथा र चरित्रलाई न्याय गर्न आफूले शारीरिक, मानसिक तथा भावनात्मक रूपमा निकै मिहिनेत गरेको निशानको भनाई छ । 
 
 
कावासोतीमा फिल्म छायांकनको क्रममा अग्रज कलाकारले आफ्नो अभिनयको प्रशंसा गरेको सम्झँदै उनले फिल्ममा दर्शकले आफूलाई वास्तविक जीवनभन्दा विल्कुलै फरक पाउने बताएका छन् । उनलाई पहिलो फिल्म एक्सन-लभस्टोरी गर्ने इच्छा रहेछ । तर, ‘डेसान’ बाट त्यो पूरा हुन सकेन । भोलीका दिनमा आफ्नो पहिलो प्राथमिकता एक्सन-लभस्टोरी फिल्म हुने उनी बताउँछन् । 
Most Visited News (monthly)