Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालो पहिरनमा खुलेकी साम्राज्ञी (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2020/10/12
कोरोना महामारीका कारण फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा धेरै कलाकार फुर्सदिला भएका छन् । कतिलाई भने म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । तर, फिल्म अभिनयमा मात्र सक्रिय रहेका कलाकारहरु सात महिनादेखि घरभित्र सीमित छन् । यो समयमा चल्तीका केही कलाकारलाई फिल्म खेल्ने प्रस्तावको ओइरो लाग्यो । कतिले नयाँ फिल्म साइन पनि गरेका छन् । 
 
 
 
अभिनेत्री साम्राज्ञी आरएल शाह लकडाउनभन्दा अगावैदेखि फुर्सदिलो भएकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ पछि उनले लकडाउन अगाडिसम्म नयाँ फिल्म साइन गरेकी थिइनन् । कतिपयले उनलाई फिल्ममा खेलाउन कुनै निर्माता/निर्देशक तयार नभएको टिप्पणी समेत गरेका थिए । तर, लकडाउनपछि उनले लगातार फिल्म साइन गरिरहेकी छन् ।
 
‘रातो टीका निधारमा’ भन्दा अगाडि हेमराज विसीको एक प्रोजेक्टमा आबद्ध भइसकेकी उनले लकडाउनमा प्रवेश पौडेल, मिलन चाम्स र रमेश एम.के पौडेलको फिल्म साइन गरेकी छन् । उनले ‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’ मा पनि काम गर्ने सम्भावना प्रवल छ । स्थिति सामान्य भएपछि उनलाई फिल्मको सेड्युल मिलाउन सकस पर्ने देखिन्छ ।
 
लकडाउनको समयमा सामाजिक सञ्जालको माध्यमबाट अभिनेता भुवन केसीलाई लक्षित गरेर फिल्म ‘ड्रिम्स’ को सेटमा नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएपछि विवादमा तानिएकी साम्राज्ञीलाई भुवन केसीले अदालतमा १० करोड क्षतिपूर्तिको माग गर्दै मुद्धा दायर गरेका छन् । यो मुद्धा अहिले अदालतमा विचाराधिन छ ।
 
 
 
बेलाबेलामा घमण्डी भएको आरोप खेप्ने गरेकी साम्राज्ञीको सुन्दरताको चर्चा नगर्ने सायदै कोही होलान् । डेब्यू फिल्म ‘ड्रिम्स’ देखि नै उनको सुन्दरताको चर्चा हुन थालेको थियो । सोमवार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना केही तस्विरहरु शेयर गरेकी छन् । कालो रंगको पहिरनमा उनको सुन्दरता निकै खुलेको छ । दर्शकहरुले पनि उनको सुन्दरताको खुलेर प्रशंसा गरेका छन् ।
Most Visited News (monthly)