Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवेकको फ्लप फिल्म फेरि रिलिज हुने

एजेन्सी, मुम्बई, 2020/10/11
 
बलिउड अभिनेता विवेक ओबेराय अभिनीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि बनेको फिल्म ‘पीएम नरेन्द्र मोदी’ सिनेमा हल खुलेपछि फेरि एकपटक प्रदर्शन हुने भएको छ । ७ महिनापछि १५ अक्टुबरमा खुल्न लागेको सिनेमा हलमा यो फिल्म पुनः प्रदर्शन हुन लागेको हो । सन् २०१९ मा प्रदर्शनमा आएको ओमंग कुमार निर्देशित यो फिल्म हलमा पत्तासाफ भएको थियो । 
 
फिल्ममा मोदी गुजरातको मुख्यमन्त्री बनेदेखि २०१४ को लोकसभा चुनावमा ऐतिहासिक जीत हासिल गरेकोसम्म देखाइएको छ । फिल्म रि-रिलिज हुने भएपछि निर्देशक कुमारले भनेका छन्, ‘म खुसी छु कि सिनेमा घर फेरि खुल्दैछ र हामी आफ्नो फिल्म ‘पीएम नरेन्द्र मोदी’ फेरि रिलिज गर्दैछौं । हामीले यो फिल्म बनाउन निकै मिहेनत गरेका थियौं । सबैले फिल्म हेरिदिनुहोला ।’ 
 
यो फिल्ममा विवेकका अलावा बोमन ईरानी, दर्शन कुमार, मनोज जोशी, प्रशान्त नारायणन, जरीना वहाब, बरखा बिष्ट सेनगुप्ता, अञ्जन श्रीवास्तवलगायतको अभिनय छ । विवेकले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गरेका छन् । कोरोनाका कारण तत्काल बलिउडका ठूला फिल्म प्रदर्शनमा आउन डराएपछि भारतका हल सञ्चालकहरु पुराना फिल्म प्रदर्शन गर्न बाध्य भएका छन् ।
Most Visited News (monthly)