Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालको रोजाइ बर्षा !

फिल्मीखबर, काठमाण्डौ, 2020/10/11
नेपाली फिल्म क्षेत्रका लामो रेसका घोडा हुन्, राजेश हमाल । ‘युगदेखि युगसम्म’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले त्यसपछि कहिल्यै करिअर फर्केर हेर्नुपरेन । एक समय उनको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । नयाँ पुस्ताका कलाकारको आगमन बढेसँगै उनी अभिनीत फिल्मले हलसम्म दर्शक तान्न चुकेका छन् ।
 
पछिल्लो रिलिज फिल्म ‘बागमती र सकुन्तला’ को असफलतापछि अभिनेता हमालको युग सकिएको भन्ने टिप्पणी भइरहेको छ । तर, उनी आफूलाई फिल्मबाट अफर आइरहेको बताउने गरेका छन् । कोरोना महामारी अन्त्य भएपछि उनी आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छन् । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा उनी स्वयंको अभिनय रहनेछ ।
 
 
अभिनेता राजेश हमाल जति बेला करिअरको उत्कर्षमा थिए र आफ्नो बोली विक्थ्यो, त्यसबेला उनले आफ्नो अपोजिटमा कहिल्यै कुनै अभिनेत्रीलाई सिफारिस नगरेको उनीसँग काम गरेका निर्माता तथा निर्देशकले बताउने गरेका छन् । तर, अहिले उनले म्यूजिक भिडियोका लागि पनि आफ्नो अपोजिटमा अभिनेत्री वा मोडल आफैंले छान्ने गरेको गाईंगुईं चर्चा चल्न थालेको छ । 
 
केही दिन अगाडि अभिनेता हमालले ‘मञ्जरी’ बोलको लोक गीतको म्यूजिक भिडियोमा अभिनेत्री बर्षा सिवाकोटीसँग स्क्रिन शेयर गरेका थिए । उक्त गीतमा हमाल आफैंले बर्षालाई आफ्नो अपोजिटमा रोजेको फिल्मीखबरलाई गोप्य स्रोतले जानकारी दिएको छ । गायक प्रकाश पराजुली र निर्देशक देवेन्द्र बब्लुले हमाललाई भिडियोका लागि विभिन्न अभिनेत्रीको नाम लिस्ट बुझाएका थिए । 
 
त्यसमध्येबाट अभिनेता हमालले बर्षाको नाम टिपेको स्रोत बताउँछ । अहिलेसम्म विवादमा नमुछिएका कारण उनले बर्षाको नाम सिफारिस गरेको बताइएको छ । भिडियोको छायांकन सकिएपछि हमालले उनको नृत्यको प्रशंसा गरेका थिए भने वर्षाले फिल्ममा पनि सँगै काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । अब हमालले आफू निर्देशित फिल्ममा पनि बर्षा नै रोज्लान् ?  हेर्न बाँकी छ ।
Most Visited News (monthly)