Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभास र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

एजेन्सी, मुम्बई, 2020/10/10
 
अभिनेता अमिताभ बच्चनले दीपिका पादुकोण र प्रभाससँग एउटै फिल्ममा काम गर्ने भएका छन् । व्याजयन्ती मुभिजको फिल्ममा उनीहरु एकसाथ देखिन लागेका हुन् । प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । शुक्रवार व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको प्रवेश भएको जानकारी गराएको हो ।
 
भिडियोमा अमिताभ बच्चनले काम गरेका केही यादगार फिल्मको झलक देखाइएको छ । फिल्मलाई नाग अश्विनले निर्देशन गर्दैछन् । कयैन् सफल निर्माण निर्माण गरिसकेको साउथ इन्डियन फिल्म प्रोडक्सन हाउस व्याजयन्ती मुभिजका अनुसार, तत्काललाई फिल्मको नाम ‘प्रभास २१’ राखिएको छ । यो फिल्मका लागि प्रभासले मात्र ५० करोड पारिश्रमिक बुझेका छन् ।
 
फिल्ममा अमिताभ बच्चनको प्रवेश भएपछि निर्देशक नाग अश्विनले भनेका छन्, ‘म आफैंलाई भागयशाली र ब्लेस्ड मान्छु कि बच्चन सरले कयौं विकल्पका बीच हाम्रो फिल्म चयन गर्नुभयो । फिल्ममा उहाँको मुख्य भूमिका रहनेछ ।’ साइन्स फिक्सन यो फिल्म वर्ल्ड वार ३ को कहानीमा आधारित हुनेछ । फिल्मलाई सन् २०२२ मा संसारभर एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ ।
Most Visited News (monthly)