Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रघुनाथको फिल्ममा नाजिर

फिल्मीखबर, काठमाडौं, 2020/10/05
 
कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ फिल्मको घोषणा गरिरहेका छन् । 
 
यसबीच, सञ्चारकर्मी रघुनाथ सापकोटाले पनि फिल्म निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक फिल्म निर्माण गरिसकेका उनले नयाँ फिल्ममा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन् । सोमवार अभिनेता हुसेनसँग उनको कागजी सम्झौता भएको हो । फिल्मको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले जानकारी दिए ।
 
उनका अनुसार, फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुनेछ । केही दिनमा फिल्मका लागि नाजिरको अपोजिटमा अभिनेत्रीको टुंगो लाग्ने उनले बताए । स्थिति सामान्य भएपछि एक कार्यक्रमको आयोजना गरेर फिल्मको नाम र निर्देशक सार्वजनिक गर्ने उनको तयारी छ । आउँदो फागुनबाट छायांकन सुरु हुने फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । 
 
निर्माता सापकोटाले फिल्मको बारेमा जानकारी दिँदै भने- ‘अहिले हामी प्रि-प्रोडक्सनमा व्यस्त छौं । स्क्रिप्टलाई थप बलियो बनाउन मिहेनत गरिरहेका छौं । फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न कुनै कसर बाँकी राख्ने छैनौं ।’ सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौंलगायतका स्थानमा छायांकन हुनेछ ।  
Most Visited News (monthly)