Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘लक्ष्मी पूजा’ टिजरमा जाहान्वीको बदला (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2020/10/05
 
सरकारले सिनेमा हल खोल्न अनुमति दिएको अवस्थामा यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेका फिल्म ‘लक्ष्मी पूजा’ को टिजर सार्वजनिक भएको छ । टिजरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । सस्पेन्स र बदलाको कथामा निर्माण भएको फिल्ममा अभिनेत्री जाहान्वी बस्नेत दोहोरो भूमिकामा प्रस्तुत छिन् । टिजरमा उनलाई नै विशेष प्राथमिकता दिइएको छ । 
 
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा जाहान्वीसँगै जयकिशन बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय छ भने अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । ‘लक्ष्मी पूजा’ मा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
 
समिर मियाँको निर्देशन रहेको फिल्ममा निर्देशक समेत रहेका शोभित बस्नेत निर्मातामा छन् । निर्माता बस्नेतले कोरोना भाइरसका कारण ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म निर्माण गरेको बताएका छन् । कथावस्तु बलियो भएका कारण दर्शकलाई फिल्मले भरपूर मनोरञ्जन दिने उनको विश्वास छ । फिल्मको एक्सन सिनको निर्देशन श्री श्रेष्ठले गरेका छन् ।
 
भिडियो :-
 

Most Visited News (monthly)