Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ मा जोडिए दुर्गेश

फिल्मीखबर, काठमाण्डौ, 2020/09/27
 
कोरोनाको संक्रमणबाट बच्न सरकारले देश लकडाउन गरेपछि अधुरैमा छायांकन रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ मा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएको छ । आइतवार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन् । 
 
गायक थापाको फिल्ममा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, फिल्ममा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन । कथाको माग अनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको निर्माता थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । 
 
उनले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘म पनि ‘ए मेरो हजुर ४’ मा जोडिएको खबर सुनाउन पाउँदा निकै खुसी छु । यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाईप्रति आभारी छु ।’
 
कोरोनाको महामारी अन्त्य भएपछि ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ । यो फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन समेत पूरा हुन सकेको छैन । अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गरेका कारण दर्शकहरु यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । फिल्ममा सलोन बस्नेतको पनि अभिनय छ ।
Most Visited News (monthly)