Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ड्रग्स प्रकरण : सोधपुछको क्रममा तीन पटक रोइन् दीपिका

एजेन्सी, मुम्बई, 2020/09/27
 
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले शनिवार अभिनेत्री दीपिका पादुकोणसँग ६ घण्टा सोधपुछ गर्‍यो । सोधपुछको क्रममा उनी तीन पटक रोएको भारतीय मिडियाले बताएका छन् । त्यसबेला एनसिबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न आग्रह गरेका थिए । दीपिकाको आँखामा आँशु देखेपछि एनसिबीका अधिकारीले सत्य बताउन आग्रह गर्दै हात जोडेका थिए ।
 
एनसिबीसँगको सोधपुछमा दीपिकाले ड्रग्स च्याट गर्ने कुरा स्वीकार गरेकी छन् । तर, उनले कहिल्यै आफूले ड्रग्स नलिएको बताएकी छन् । एनसिबीले ड्रग्स च्याटमा प्रयोग भएका ‘चरेस र गाँजा’ को बारेमा दीपिकालाई सोधेको थियो तर यसको जवाफ उनले स्पष्ट दिइनन् । सोधपुछको क्रममा उनले दिएको जवाफबाट एनसिबीका अधिकारी खासै सन्तुष्ट नभएको बताइएको छ ।  
 
एनसिबीले शनिवार सोधपुछपछि डेटा ब्याकअपका लागि दीपिकाको दुईवटा मोवाइल समेत जफत गरेको छ । उनलाई एनसिबीले यो मामलामा संदिग्ध र अभियूक्तसँग कुरा नगर्न भनेको छ । यसपछि उनलाई एक अन्डरटेकिङमा साइन गराइएको थियो । एनसिबीका अधिकारीले तीन चरणमा सोधपुछ हुने बताएपछि दीपिका श्रीमान रणवीर सिंहको साथमा घर फर्किएकी थिइन् ।
 
सुशान्त सिंह राजपूत मुत्यु प्रकरणमा अनुसन्धान गरिरहेको एनसिबीको हातमा तीन वर्ष पुरानो ह्वाट्सएप ग्रुपको च्याट परेको छ । २८ अक्टोबर २०१७ मा भएको यो च्याटमा दीपिका, उनकी म्यानेजर करिश्मा प्रकाश र सुशान्तकी म्यानेजर जया साहबीच ड्रग्सलाई लिएर कुराकानी भएको थियो । करिश्माले एनसिबीसँग उक्त ह्वाट्सएप ग्रुपको एडमिन दीपिका रहेको बताएकी थिइन् ।
Most Visited News (monthly)