Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपद्‍मा फिल्मकर्मीलाई सहयोग गर्न कोष खडा

फिल्मीखबर, काठमाण्डौ, 2020/09/27
 
विपद्‍मा परेका फिल्मकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि निर्धारण समिति गठन भएको छ । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा गठित समितिको सदस्यमा मोहन निरौला, छवि ओझा, किशन पोखरेल, अर्जुन कुमार पोखरेल, राजेन्द्र उप्रेती, राजाराम गौतम, अमृत सुनुवार, जनक कार्की, देवेन्द्र खड्गीलगायत छन् ।
 
विपद् व्यवस्थापन कोष समितिले कार्यविधि निर्माण गरेर लागू गर्न चलचित्र विकास बोर्डमा बुझाइसकेको छ । विपद्‍मा परेका फिल्मकर्मीलाई कोषले सहयोग गर्ने कार्यविधिमा उल्लेख छ । कोषको कार्यविधि निर्माण समितिले बाढी पहिरो, आगलागी, भूकम्प, आँधीबेरी, सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने दुर्घटना जस्ता दैवी प्रकोपलाई विपद् भनेर ब्याख्या गरेको छ । 
 
विपद्‍मा परेका फिल्मकर्मीलाई राहतको व्यवस्था तथा समस्याहरुको समाधान गर्नका लागि कोष खडा गरिएको संयोजक नरेन्द्र महर्जनले बताए । यो कोषलाई कार्यविधि अनुसार सञ्चालन गर्न चलचित्र विकास बोर्डले स्विकृति दिनुपर्ने हुन्छ । बोर्डले स्विकृति दिएपछि समिति फेरबदल गरेर चलचित्रकर्मी विपद् व्यवस्थापन कोषको कार्यविधिलाई कार्यन्वयनमा ल्याइने महर्जनको भनाई छ ।
Most Visited News (monthly)