Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अनमोलबाट प्रभावित छु : नाजिर हुसेन

फिल्मीखबर, काठमाण्डौ, 2020/09/27
 
रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता नाजिर हुसेनले अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनी अभिनीत फिल्म बक्सअफिसमा सफल हुन् वा असफल, उनको अभिनयको सधैं प्रशंसा हुने गरेको छ । फिल्म ‘होस्टेल रिर्टन्स’ मा मधेशी युवकको भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनले त्यसयता एक दर्जन बढी फिल्ममा आफ्नो अभिनय कौशल देखाइसकेका छन् ।
 
उनलाई दर्शकले हिरोभन्दा सहायक चरित्रमा बढी रुचाएका छन् । उनले लिड हिरोको रुपमा अभिनय गरेका ‘गाँठो, राज्जा रानी, कागजपत्र’ ले हलमा पानी समेत भन्न पाएनन् । न त उनको अभिनयको नै उत्ति साह्रो प्रशंसा भयो । पछिल्लो पटक फिल्म ‘वीर विक्रम २’ मा देखिएका उनलाई अहिले फिल्मभन्दा म्यूजिक भिडियो बढी फापेको छ । र, भिडियोमा माग पनि चुलिएको छ । 
 
पछिल्लो समय अभिनेता हुसेनलाई पैसाको लोभमा संख्यात्मक अभिनयमा जोड दिएको र अभिनयमा विविधता पस्कन नसकेको आरोप लाग्ने गरेको छ । किनकि, उनी अभिनीत पछिल्ला कुनै फिल्म सम्झनलायक छैनन् । भूमिका र अभिनय पनि एकै खालको छ । फिल्म छनोटमा गम्भीर नहुँदा उनीप्रति दर्शकको अपेक्षा पूरा हुन सकेको छैन । जसले गर्दा उनको क्रेज कमजोर भएको छ ।
 
फिल्म ‘हुतुतु’ साइन गरेर बसेका नाजिरले आफू अभिनेता अनमोल केसीबाट प्रभावित रहेको बताएका छन् । अभिनेत्री स्वस्तिमा खड्काको यूट्युब च्यानलमा संवाद गर्ने क्रममा उनले भनेका छन्, ‘अनमोलले जसरी आफूलाई रिजर्भ राखेको छ र ग्रोथ गर्दै लगेको छ, त्यसबाट म प्रभावित छु ।’ उनले पैसाकै लागि आफूले काम गरेको फिल्म ‘गरुड पुराण’ रहेको पनि खुलाएका छन् ।
Most Visited News (monthly)