Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तीन जन्तु’ मा सौगात र अर्पणको भिन्न रुप

फिल्मीखबर, काठमाण्डौ, 2020/09/26
 
भर्सटायल अभिनेताको रुपमा आफ्नो पहिचान बनाएका सौगात मल्ल र अर्पण थापा अभिनीत फिल्म ‘तीन जन्तु’ को शनिवार फस्टलुक टिजर सार्वजनिक भएको छ । ५० सेकेण्डको टिजरमा फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । टिजर हेर्दा फिल्म सस्पेन्स थ्रिलर कथामा निर्माण भएको बुझ्न सकिन्छ । २०३० सालमा एक घरभित्र भएको घटनालाई फिल्ममा उतारिएको छ ।
 
फिल्मको टिजरमा सौगात र अर्पण अहिलेसम्मकै भिन्न अवतारमा देखिएका छन् । उनीहरुको लुक्सले नै फिल्मप्रति दर्शकमा कौतुहलता सृजना गरेको छ । यस्तै, अर्का कलाकार रोविन तामाङको लुक्स र गेटअप पनि भिन्न छ । सृष्टि श्रेष्ठ र कालु रानाको पनि मुख्य भूमिका रहेको ‘तीन जन्तु’ लाई आलोक शुक्लाले खिचेका हुन् । फिल्मको सम्पादन भने मिलन श्रेष्ठले गरेका छन् ।
 
रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार पाएको फिल्मको प्रदर्शन मिति आउँदो पुष १७ गतेलाई घोषणा गरिएको छ । फिल्मका लेखक तथा निर्देशक अर्पण थापा स्वंम हुन् । यसअघि उनले ‘घर, आधा लभ र सुनकेसरी’ नामक फिल्मको निर्देशन गरिसकेका छन् । ‘तीन जन्तु’ लाई हरि तामाङ, सन्तोष अधिकारी र केली जोय म्याकनामाराले मिलेर निर्माण गरेका हुन् ।
 
फस्टलुक टिजर हेर्नुहोस् :-
 

Most Visited News (monthly)