Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सीमाना’ छायाँकार जावेद शाहको निधन

फिल्मीखबर, काठमाण्डौ, 2020/09/25
 
नेपाली फिल्मका छायाँकार जावेद शाहको निधन भएको छ । उनको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षको उमेरमा हृदयघातका कारण निधन भएका उनको विहीवार मुश्लिम परम्परा अनुसार अन्तिम दाह संस्कार भइसकेको छ । उनको निधनको खबर भने शुक्रवार मात्र बाहिरिएको हो । छायाँकार शाहको श्रीमती र दुई छोरा छन् । 
 
रुसमा फिल्म सम्बन्धि अध्ययन गरेर फर्किएपछि सन् १९८३ मा उनले फिल्म ‘बदलिँदो आकाश’ मा सहायक छायाँकारको रुपमा काम गरेका थिए । शाहले पूर्ण छायाँकारका रुपमा फिल्म ‘भाग्य रेखा’ मा काम गरेका थिए, जुन राजेश हमाल अभिनीत पहिलो फिल्म हो । तर, आधा छायांकन नहुँदै उनी फिल्मबाट निकालिएका थिए, त्यसमा जावेद शाहको पनि हात रहेको भन्ने गरिन्छ ।
 
शाहले ‘विजय पराजय, युगदेखि युगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतीक्षा, ज्वाला, अवतार, रानी खोला’ लगायत दर्जनौं फिल्म खिचेका छन् । उनले अन्तिम पटक क्यामेरा चलाएको फिल्म ‘मनको टुक्रा’ सन् २००४ मा प्रदर्शन भएको थियो । उनले एक मैथली फिल्ममा समेत काम गरेका छन् । पछिल्लो समय उनी पारिवारिक जीवन विताउँदै आएका थिए ।
Most Visited News (monthly)