Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सय करोडमा शाहिदको नेटफ्लिक्ससँग सम्झौता

एजेन्सी, मुम्बई, 2020/09/25
 
अभिनेता शाहिद कपूर अहिले करिअरको उत्कर्षमा छन् । फिल्म ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि उनलाई ठूला ब्यानरबाट फिल्म अफर भइरहेको छ । हरेक ठूला निर्देशकले उनलाई आफ्नो फिल्ममा लिन चाहेका छन् । ‘कबीर सिंह’ को सफलतापछि उनले आफ्नो पारिश्रमिक पनि दोब्बर बढाएका छन् । कोरोना महामारीभन्दा अगाडि उनी ‘जर्सी’ को हिन्दी रिमेकमा व्यस्त थिए ।
 
अब शाहिदले ओटीटीमा डेब्यू गर्ने भएका छन् । उनले नेटफ्लिक्ससँग एक महत्त्वपूर्ण सम्झौता गरेका छन् । नेटफ्लिक्ससँग फिल्म र सिरिजका लागि उनको टाइअप भएको छ । यद्यपि, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन । लामो समयदेखि एक हिट फिल्म र सिरिजको प्रतिक्षामा रहेको नेटफ्लिक्स शाहिदसँगको सहकार्यले सुखद परिणाम दिनेमा विश्वस्त छ ।
 
नेटफ्लिक्सले शाहिदसँग सय करोडमा फिल्म र सिरिजका लागि सम्झौता गरेको भारतीय मिडियाले बताएका छन् । कोरोनाको समयमा बलिउड सेलिब्रेटीहरु ओटीटीतर्फ आकर्षित भएका छन् । अमिताभ बच्चनदेखि विद्या वालनसम्मका फिल्म ओटीटीमा रिलिज भएका छन् । अब यो बाटोमा शाहिद देखिएका छन् । उनको ओटीटीमा अहिलेसम्म कुनै फिल्म रिलिज भएका छैनन् ।
Most Visited News (monthly)