Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान विश्वकै प्रभावशाली व्यक्ति

एजेन्सी, मुम्बई, 2020/09/23
 
बलिउड अभिनेता आयुष्मान खुराना टाइम्स म्यागजिनको विश्वकै सय सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा अटेका छन् । यो सूचीमा पर्ने उनी सबैभन्दा युवा भारतीय हुन् । उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साटेका छन् । उनले टाइम्सको सूचीमा आफू पर्नुलाई गर्वको कुरा रहेको बताएका छन् । उनलाई अहिले बलिउडकर्मीहरुले बधाई दिइरहेका छन् ।
 
‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले फिल्मको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ,’ आयुष्मानले इन्स्टामा अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि सिनेमा त्यो तागत हो, जसले कुनै पनि मुद्धालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’ 
 
त्यस्तै, अभिनेत्री दीपिका पादुकोणले आयुष्मानको तारिफ गर्दै टाइम्स म्यागजिनका लागि लेखेकी छन्, ‘फिल्म ‘विक्की डोनर’ बाट आयुष्मानले आफ्नो अलग पहिचान बनाएका छन् । उनले यादगार फिल्म र अनौठा किसिमका चरित्रबाट अलग छाप छाडेका छन् ।’ ‘विक्की डोनर’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आयुष्मानलाई पछिल्लो समय बक्सअफिसको हिट मेशिन भन्ने गरिन्छ । 
Most Visited News (monthly)