Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लक्ष्मीपूजा’ मा जाहन्वीको दोहोरो भूमिका

फिल्मीखबर, काठमाण्डौ, 2020/09/22
 
कोभिड १९ को संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगावैदेखि नेपाली फिल्म क्षेत्रमा गतिविधि शून्य भएका थिए । कोरोनाका कारण निर्माण सम्पन्न भएका फिल्म प्रदर्शन हुन पाएका छैनन् भने कति फिल्मको छायांकन अधुरैमा रोकिएको छ । अहिले फिल्मकर्मी पर्ख र हेरको अवस्थामा छन् । स्थिति सामान्य नहुँदासम्म फिल्म क्षेत्र चलायमान हुने देखिन्न ।
 
सरकारले भीडभाड हुने सवारी साधन, हवाई उडानलगायत अन्य क्षेत्र खोल्न सहज वातावरण बनाए पनि फिल्म क्षेत्रमा अनिश्चितकालिन प्रतिबन्ध लगाइएको छ । दशैंअघि सरकारले फिल्म निर्माण र प्रदर्शनका लागि अनुमति दिने सम्भावना न्यून देखिन्छ । तर, निर्माता-निर्देशकहरु भने स्थिति सामान्य भएपछि फ्लोरमा निस्कने गरी नयाँ फिल्मको घोषणा गरिरहेका छन् ।
 
फिल्म ‘लक्ष्मीपूजा’ को भने यतिबेला छायांकन भइरहेको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई यही दशैंमा प्रदर्शन गरिने निर्माता शोभित बस्नेतले जानकारी दिए । समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको मुख्य भूमिका रहनेछ भने सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
 
 
निर्माता शोभित बस्नेतका अनुसार, फिल्ममा जाहन्वी दोहोरो भूमिकामा देखिँदैछिन् । यसअघि उनले फिल्म ‘यात्रा’ मा अभिनय गरेकी थिइन् । पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
Most Visited News (monthly)