Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

उपासनाको प्रतिक्षा

फिल्मीखबर, काठमाण्डौ, 2020/09/20
 
अभिनेता अनमोल केसीसँग काम गरेपछि अभिनेत्रीको करिअर कायापलट हुन्छ भन्ने एक उदाहरण हुन्, उपासना सिंह ठकुरी । फिल्म ‘क्याप्टेन’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनी अहिलेकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन् । यो फिल्म बक्सअफिसमा सफल नहुन नसके पनि उनको काम रुचाइएको थियो । यही कारण अहिले हरेक निर्माता-निर्देशकको रोजाईमा उनी छिन् । 
 
उनै, उपासनाले आइतवार आफ्नो २२औं जन्मदिन मनाउँदैछिन् । २०५५ साल असोज ४ गते जन्मिएकी उनलाई सुपर काजल फिल्मस्ले आफ्नो उत्पादन भन्दै जन्मदिनको शुभकामना दिएको छ । फिल्मकर्मी र दर्शकहरुले पनि सामाजिक सञ्जालमार्फत् उनलाई ‘बर्थ-डे विस’ गरेका छन् । आफूलाई जन्मदिनको शुभकाना दिने सबैलाई उनले इन्स्टाग्राममार्फत् धन्यवाद दिएकी छन् ।
 
‘क्याप्टेन’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी उनी यो फिल्म रिलिज लगत्तै सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो पार्टमा अनुबन्ध भएकी थिइन् । ‘कबड्डी कबड्डी कबड्डी’ ले उपासनालाई हिटको सुखसँगै जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा पनि पहिचान दिलायो । यो फिल्मपछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहने उद्घोष गरिन् । 
 
उक्त फिल्म रिलिजको एक वर्ष पूरा भएको छ । दर्शकहरु उपासनाको नयाँ फिल्मको प्रतिक्षामा छन् । गएको एक वर्षमा उनलाई थुप्रै फिल्मबाट अफर भए । तर, अहिलेसम्म उनले नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । दुई फिल्मका कारण रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा बसेकी उनलाई अझै पर्दामा हेर्न दर्शकले कहिलेसम्म प्रतिक्षा गर्नुपर्ने हो कुन्नी ?
 
अभिनेत्री उपासना सिंह ठकुरीलाई फिल्मीखबर परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना ।
Most Visited News (monthly)