Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

११३ जना प्राविधिकलाई राजेश हमालको आर्थिक सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2020/09/19
 
नेपाल चलचित्र प्राविधिक संघबाट ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण रोजीरोटी गुमेर दैनिक जीवनयापन गर्न समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले १ सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
 
अभिनेता राजेश हमालले विभिन्न व्यक्तिसँगको सहयोगमा प्राविधिकलाई आर्थिक सहयोग गरेका हुन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले १ सय १३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।
 
कोरोनाका कारण सिर्जना भएको असामान्य परिस्थितिमा प्राविधिकहरुलाई ठूलो प्रभाव परेको अभिनेता हमालको भनाई छ । प्राविधिकलाई नेपाली फिल्मको मेरुदण्डको रुपमा ब्याख्या गर्दै उनले भने- ‘उहाँहरु पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’
 
उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् । यो सहयोग ठूलो नभए पनि केही दिन जीवन चलाउन सहज हुने उनको विश्वास छ । यो आफ्नो सानो प्रयास रहेको र कोरोनाले सिर्जना गरेको स्थिति सामान्य नभएको अवस्थामा प्राविधिकहरुलाई अरु पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
Most Visited News (monthly)