Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

साराको गोप्य माया

फिल्मीखबर, काठमाण्डौ, 2020/09/19
 
सुन्दरता र अभिनयका कारण अभिनेत्री सारा सिर्पालीको राम्रो चर्चा हुने गरेको छ । तर, चर्चा भए अनुसार उनको करिअरले भने गति लिन सकेको छैन । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा पनि निखिलसँगै जोडी बाँधिन् । दुवै फिल्ममा उनको अभिनय रुचाइयो तर फिल्मले हलमा घुँडा टेक्यो । 
 
एक समय निखिल उप्रेतीसँग काम गर्ने अभिनेत्रीको भाग्य चम्किन्छ भन्ने भनिथ्यो । तर, साराको हकमा त्यो हुन सकेन । निखिलसँग काम गरेका दुई फिल्मको असफलताले उनीमाथि गिनेचुनेका ब्यानरको नजर पर्न सकेको छैन । ‘निखिल  क्याम्प’ बाट बाहिरिएपछि उनले तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’ मा काम गरिन् । तर, यसले पनि उनलाई हिटको सुख दिन सकेन ।
 
फ्लप फिल्ममा ह्याट्रिक गरेकी उनलाई अहिले ‘अनलक्की नायिका’ भन्ने गरिएको छ । यद्यपि, उनले हार खाएकी छैनन् । कुनै एक फिल्मले आफ्नो करिअरलाई गति दिनेमा उनी विश्वस्त छिन् । फिल्म ‘गुञ्जन’ को छायांकन सकेर बसेकी उनी ‘सुश्री सम्पत्ति’ रिलिजताका अनमोल केसीसँगको प्रेम सम्बन्धका कारण चर्चामा  थिइन् । तर, उनले यो कुरालाई अफवाह बताउँदै आएकी छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Does anyone know how much I love #potraits 😜🙊

A post shared by 𝓢𝓪𝓻𝓪 (@sara_shirpaili) on

 
इन्स्टाग्राममार्फत् उनले आफू कसैको प्रेममा रहेको संकेत भने गरिरहेकी हुन्छिन् । शुक्रवार साँझ इन्स्टामा आफ्नो एक तस्विर शेयर गर्दै उनले ‘के कसैलाई थाहा छ म कति माया गर्छु ?’ भनेर सोधेकी छन् । उनले आफू कसैलाई गोप्य माया गर्ने बताउन खोजेकी छन् । हुनत, कलाकारहरु लुकिछिपी माया गर्न सिपालु मानिन्छन् । यो मामलामा सारा कसरी अपवाद हुन सक्छिन् ?
Most Visited News (monthly)