Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाग्लुङका बाढी पीडितलाई पलको सहयोग

फिल्मीखबर, काठमाडौं, 2020/09/11
 
कोरोना भाइरसको महामारी फैलिएपछि अभिनेता पल शाहले सामाजिक कार्यमा आफ्नो अग्रसरता देखाएका छन् । लकडाउनपछि फिल्ममा काम गर्ने प्राविधिकहरुलाई आर्थिक अभावका कारण विहान बेलुका हातमुख जोर्न पनि समस्या भएपछि पाँच लाख बराबरको खाद्यन्न सहयोग गरेका उनले गएको महिना कालिकोटका बाढी-पहिरो पीडित पनि राहत वितरण गरे ।
 
यसबीच, उनले बाग्लुङ पुगेर विहीवार बाढीबाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेका छन् । आफ्नै हातबाट बाढी-पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गर्ने उनको योजना भने पूरा हुन सकेन । सडक मार्गबाट बाढी प्रभावित ठाउँमा जान असम्भव भएपछि ढोरपाटन नगरपालिकाका मेयर र वडाध्यक्षलाई पलले राहत सामाग्री हस्तान्तरण गरेका हुन् । 
 
सडक मार्ग विग्रिएको र स्थानीय सरकारको एकद्वार नीतिका कारण पीडितलाई नै राहत सामाग्री प्रदान गर्न नसकिएको पलले जानकारी दिएका छन् । गायक दुर्गेस थापासँग बाग्लुङ पुगेका उनले नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई प्रभावितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । उनी मंगलबार बाग्लुङ प्रस्थान गरेका थिए ।
 
पल शाहले सामाजिक कार्यलाई निरन्तरता दिनका लागि आफ्नो नाममा पल शाह फाउन्डेसन स्थापना गरेका छन् । उनले कालिकोट र बाग्लुङका बाढी-पहिरो पीडितलाई यही फाउन्डेसनमार्फत् खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् । लकडाउन खुलेपछि एक दर्जन बढी म्यूजिक भिडियोमा काम गरेका उनी कोरोना महामारीपछि कमेडी फिल्म ‘हुतुतु’ मा काम गर्दैछन् ।
Most Visited News (monthly)