Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

धिरजलाई जसिता भन्छिन्, ‘सुन जस्तै रहनु’

फिल्मीखबर, काठमाण्डौ, 2020/09/11
 
फिल्म ‘लिलिबिली’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी जसिता गुरुङ र फिल्म ‘इन्टु मिन्टु लण्डन’ मा अभिनेताको रुपमा डेब्यू गरेका धिरज मगरले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदार गर्दैछन् । रेनशा वान्तवा राईले फिल्म ‘आई एम ट्वान्टि वान’ मा उनीहरुको जोडी बाँधेकी छन् । तर, यो फिल्म निर्माण हुने भनिएको दुई वर्षसम्म पनि फ्लोरमा जान सकेको छैन ।
 
गएको वर्ष निर्देशक राईले सन् २०२१ मा फिल्म प्रदर्शन गर्ने जानकारी दिएकी थिइन् । प्रि-प्रोडक्सनका सम्पूर्ण काम सकिएकाले लकडाउन खुलेपछि फिल्मको छायांकन थाल्ने तयारीमा निर्माण टिमको थियो । तर, कोरोनाका कारण सरकारले छायांकन अनुमति नदिँदा फिल्म निर्माण हुन सकेको छैन । जसले गर्दा निर्धारित मितिमा फिल्म प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ ।
 
यो फिल्म नृत्यमा आधारित भएर निर्माण हुँदैछ । आफ्नो भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्न जसिता र धिरजले ६ महिनादेखि डान्स सिकिरहेका छन् । यो जोडीले पहिलो पटक स्क्रिन साझेदार गर्न लागेका कारण दर्शकहरु ‘आई एम ट्वान्टि वान’ लाई लिएर निकै उत्साहित छन् । तर, भयावह रुपमा फैलिएको कोरोनाका कारण यो फिल्मको अझै लामो समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।
 
धिरज र जसिता फिल्ममा आउनुभन्दा अगाडि एकअर्काको प्रेममा रहेको चर्चा छ । तर, यस विषयमा दुवैले मुख खोलेका छैनन् । विहीवार आफ्नो जन्मदिन मनाएका धिरजलाई जसिताले विशेष रुपमा शुभकामना दिएकी छन् । इन्स्टाग्राम एकाउन्टमा धिरजसँगका दुई प्रेमिल तस्विर पोस्ट गर्दै उनले ‘स्टे गोल्ड’ भनेर लेखेकी छन् । धिरजलाई सधैं सुन जस्तै रहन उनको आग्रह छ ।
Most Visited News (monthly)