Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुकुनको कवितामा बालापन

फिल्मीखबर, काठमाण्डौ, 2020/09/10
 
कोरोनाका कारण ६ महिनादेखि फिल्म क्षेत्रले विश्राम लिएको छ । फिल्म निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । लकडाउन अन्त्य भएपछि म्यूजिक भिडियो र फिल्मको वर्कसपमा व्यस्त भएका कलाकारहरु निषेधाज्ञापछि पुनः घरभित्रै थुनिएका छन् । लामो समयदेखि घरको चारकुनामा सीमित हुँदा उनीहरुलाई अभिनयको तलतल लाग्न थालेको छ ।
 
कोरोनाको भय र लकडाउनका कारण सुरक्षित रुपमा घरभित्रै बस्नुपर्ने बाध्यकारी समयलाई कलाकारहरुले विभिन्न तरिकाले बेथित गरिरहेका छन् । कोही किताब पढेर वा फिल्म हेरेर दिन काटिरहेका छन् भने कसैले भान्सा छिरेर विभिन्न परिकार बनाउन सिकेका छन् । कतिले सृजनात्मक काम पनि गरेका छन् । लकडाउन र निषेधाज्ञाले केही कलाकारलाई भने कवि बनाएको छ ।
 
फिल्म ‘बुलबुल’ मा अभिनय गरेपछि लाइमलाइटमा आएका अभिनेता मुकुन भुषालले निषेधाज्ञामा आफ्नो बालापनलाई सम्झिएर एक कविता लेखेका छन् । बुधवार उनले आफ्नो आधिकारिक फेसबुकमा आफूले लेखेको कविता आफैंले वाचन गरेको एक भिडियो शेयर गरेका छन्, जसमा उनले आफ्नो जस्तै बालापन आफ्नो सन्तानको पनि वितेको हेर्ने इच्छा व्यक्त गरेका छन् ।
 
‘हुकाई’ शिर्षकको कवितामा उनले अहिलेका बच्चाहरुमा आफ्नो जस्तो बालापन नभेटेको बताएका छन् । उनको यो कवितालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै मन पराएका छन् । लकडाउनअघि अभिनेता भुषाल फिल्म ‘विक्षेद’ को छायांकनमा व्यस्त थिए । यसमा उनको जोडी अभिनेत्री लक्षी वर्देवासँग बाँधिएको छ । उनी अभिनीत नयाँ फिल्म ‘झिँगेदाउ’ प्रदर्शनको पखाईमा छ । 
 

Most Visited News (monthly)