Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत रेकर्ड गर्ने स्वस्तिमाको सपना

फिल्मीखबर, काठमाडौं, 2020/09/08
 
नेपाली अभिनेत्रीहरु गायिका बन्ने क्रम बढेको छ । रेखा थापा, निरुता सिंह, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, नीता ढुंगानालगायतका अभिनेत्रीले गीतमा आवाज भरेर आफूलाई गायिकाको रुपमा उभ्याइसकेका छन् । तर, अभिनेत्रीहरुले गायनलाई निरन्तरता भने दिन सकेका छैनन् । न त उनीहरुले आवाज भरेका गीत नै दर्शकको मुखमा झुण्डिएका छन् ।
 
अर्की अभिनेत्री स्वस्तिमा खड्का पनि ढिलोचाँडो गायिका बन्ने सोचमा छिन् । गायनमा रुचि भएकी उनले लकडाउनको समयमा सामाजिक सञ्जालमा श्रीमान् निश्चल बस्नेतसँग गितार सिकेको र गाउने प्रयास गरेका भिडियोहरु साझेदार गरेकी थिइन् । यसले उनको गायनप्रतिको रुचि झल्काउँछ । हालै एक अन्तर्वार्तामा उनले गीत रेकर्ड गर्ने आफ्नो ड्रिम रहेको बताएकी छन् ।
 
‘गीत गाउन मन लाग्छ तर स्वर राम्रो छैन,’ स्वस्तिमाले भनेकी छन्, ‘एउटा गीत गाउँदैमा गायिका भइँदैन । तर, आफ्नो सौखका लागि गीत गाउन मन छ । कुनै न कुनै दिन गीत गाउँछु । गीत रेकर्ड गर्ने सपना छ ।’ गीत रेकर्ड गराएर राम्रो लागेको खण्डमा मात्र सार्वजनिक गर्ने उनको सोच छ । लकडाउनमा आफूले आफूलाई बुझ्न र समय दिन पाएको पनि उनले बताएकी छन् ।
 
केही दिनअघि स्वस्तिमा खड्काले आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’ १५ हजार पारिश्रमिकमा साइन गरेको तर अझै आधा पारिश्रमिक लिन बाँकी रहेको खुलाएकी थिइन् । तर, निर्माताप्रति आफ्नो कुनै गुनासो नभएको उनको भनाई थियो । उनले फिल्मसँगै विभिन्न कामबाट आफूले अझै १५/१६ लाख पारिश्रमिक बुझ्न बाँकी रहेको बताएकी छन् ।
Most Visited News (monthly)