Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सुटिङमा फर्किए सञ्जय दत्त

एजेन्सी, मुम्बई, 2020/09/07
 
क्यान्सरसँग जुधिरहेका बलिउड अभिनेता सञ्जय दत्त सोमवारबाट अभिनेता रणवीर कपूरसँग फिल्म ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् । सञ्जयका नजिकका साथीले भारतीय मिडियालाई यो कुराको जानकारी दिएका हुन् । उनले हालै एक थेरापी सेसन लिएका थिए र उनी क्रमश रिकभर हुँदै गएका छन् । अहिले उनी कोकिलाबेन अस्पतालका डाक्टरको सम्पर्कमा छन् । 
 
सञ्जयले डा.जलील पारकर र फोक्सोको क्यान्सरका लागि अमेरिकाबाट सेकेण्ड ओपिनियन लिएका छन् र लगातार कोकिलाबेन अस्पतालका डाक्टरको सम्पर्कमा छन् । कोकिलाबेनको सुत्रका अनुसार, सञ्जय दत्तलाई मिडियामा भनिएजस्ता जटिल समस्या छैन । अमेरिकाले उपचारका लागि पाँच वर्षलाई भिषा दिए पनि उनी तत्काल उपचारका लागि त्यहाँ जाने सोचमा छैनन् ।
 
सञ्जय दत्त अहिले आफ्नो बाँकी फिल्मको छायांकन सक्न जोड दिइरहेका छन् । कोकिलाबेनको सुत्रले भनेको छ, ‘उहाँको उपचार भारतमै सम्भव छ । उहाँ पनि सकारात्मक हुनुहुन्छ । उहाँ अहिले लगातार आफ्ना नजिकका व्यक्तिसँग सम्पर्कमा हुनुहुन्छ र सबैसँग कुराकानी गरिरहनुभएको छ ।’ ‘शमशेरा’ र ‘केजीएफ २’ को छायांकनपछि उनले फिल्म ‘भुज’ को डबिङ गर्नेछन् । 
Most Visited News (monthly)