Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रत्नपार्कमा भोकाहरुलाई खाना बाँड्दै बेनिशा

फिल्मीखबर, काठमाडौं, 2020/09/07
 
कोरोनाको संक्रमणले भयावह रुप लिएपछि अहिले देशमा दोस्रो चरणको बन्दाबन्दी छ । पाँच महिना लामो पहिलो चरणको लकडाउनले कष्टकर बनेको जनजीवन लकडाउन खुलेपछि केही सामान्य भएको थियो । तर, संक्रमितको संख्या बढ्न थालेपछि राजधानीलगायतका शहरमा दुई हप्तायता निषेधाज्ञा लागू गरिएको छ । जसले गर्दा हजारौंको संख्यामा बेरोजगारी बढेको छ । 
 
आर्थिक अवस्था बलियो हुनेलाई बन्दाबन्दीले खासै ठूलो असर पारेको छैन । तर, दैनिक श्रम गरेर खानुपर्ने श्रमिकहरुलाई अहिले रोगभन्दा ठूलो चिन्ता भोकको छ । पहिलो चरणको लकडाउनमा नै राजधानीमा बस्ने अधिकांश श्रमिकको कोठामा रासन-पानी सकिएको छ । निषेधाज्ञाका कारण चुलो बल्न छाडेपछि आजभोली हजारौं भोका पेटहरु भोक मेट्न रत्नपार्क पुग्ने गरेका छन् । 
 

बिहान बेलुका हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकाहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिएका छन् । केही दिनअघि अभिनेता पल शाहले रत्नपार्क पुगेर भोका पेटहरुलाई आफैंले खाना बाँडेका थिए । सोमवारबाट अभिनेत्री बेनिशा हमालले पनि खाना बाँड्न सहयोग गरेकी छन् ।
 
रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा उनले सोमवार रत्नपार्कमा भोकाहरुलाई खाना बाँडेकी हुन् । फेसबुकमा यो कुरा उल्लेख गर्दै उनले भोली पनि आफू सहभागी हुने बताएकी छन् । उनी लेख्छिन्, ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन ।’ रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या हुने १५ सय मजदूरलाई रोयल कोल्याबोरेटिम्सले दैनिक खाना खुवाउँदै आएको छ । 
Most Visited News (monthly)