Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गति लिन नसकेको शारुकको करिअर

फिल्मीखबर, काठमाण्डौ, 2020/09/07
 
विगत चार वर्षदेखि अभिनेताको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत छन्, शारुक ताम्राकार । अग्लो कद, आकर्षक शरीर, चकलेटी लुक्सका कारण परम्परागत हिरोको मानकभित्र अटाउने उनले फिल्म ‘रानी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । फिल्म रिलिज अगाडि लुक्सका कारण चर्चामा रहेका उनलाई कतिपयले सम्भावना बोकेको अभिनताको रुपमा पनि हेरेका थिए ।
 
तर, शारुकलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले हलमा पानी भन्न पाएन । न त उनको अभिनयकै प्रशंसा भयो । फिल्ममा लामो रेसको घोडा बन्न अभिनयमा सुधार गर्न उनलाई समीक्षकले सुझाव दिए । ‘रानी’ पछि लामो समय फिल्मविहीन भएका उनले दोस्रो फिल्मको रुपमा ‘मेरी मामु’ मा काम गरे । फिल्ममा उनले एक छोराको पिताको भूमिकामा अभिनय गरेका थिए ।
 
‘प्रेमगीत’ जस्तो सफल फिल्म बनाएको कम्पनीले निर्माण गरेका कारण यो फिल्म सफल हुने र आफ्नो करिअरले गति लिनेमा उनी विश्वस्त थिए । तर, दोस्रो फिल्मले पनि उनलाई हिटको सुख दिन सकेन । दुई फिल्ममा दर्शकले हिरोको रुपमा अस्वीकार गरेपछि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ उनले सहायक भूमिकामा काम गरे । फिल्म औसत चल्यो । तर, शारुकको काम रुचाइयो ।
 
यो फिल्मले उनलाई व्यस्त हिरो बनाउने धेरैको विश्वास थियो । तर, उनी फिल्मविहीन भएकै २ वर्षभन्दा बढी भइसकेको छ । तीन फिल्मले स्टारडम बलियो बनाउन प्रभावकारी भूमिका नखेलेका कारण प्रतिष्ठित ब्यानरले उनलाई विश्वास गर्न सकेका छैनन । किनकि, यहाँ सबै बलेको आगो मात्र ताप्छन् । अब शारुकले आफ्नो करिअरलाई उचाइ दिने फिल्म पो कहिले पाउने हुन् कुन्नी !
Most Visited News (monthly)