Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 3.62/5.00)
Text size:-
+
-

नम्रताको ‘माया’ नाजिर

फिल्मीखबर, काठमाण्डौ, 2020/09/07
अभिनयमा पारंगत मानिने अभिनेता नाजिर हुसेन सोमवार आफ्नो ३०औं जन्मदिन मनाउँदैछिन् । २०४७ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उनले सन् २०१५ मा आएको ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका थिए । यसमा उनले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यो फिल्मपछि उनले आफ्नो करिअर फर्केर हेर्नुपरेको छैन ।
 
 
फिल्ममा आउनुभन्दा अगाडि उनले रंगमञ्चको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाइसकेका थिए । मण्डला थिएटरबाट आफ्नो व्यावसायिक अभिनय थालनी गरेका उनले ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’ लगायत दुई दर्जन बढी नाटकमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट खारिएर आएका कारण फिल्ममा उनको अभिनय कलाको सधैं प्रशंसा हुने गरेको छ ।
 
‘होस्टेल रिर्टन्स’ पछि उनले लिड अभिनेताको रुपमा ‘गाँठो’, ‘राज्जा रानी’, ‘कागजपत्र’ फिल्ममा काम गरेका थिए । तर, उनलाई दर्शकले हिरोको रुपमा स्वीकार गरेनन् । यसपछि सहायक चरित्रमा देखिँदै आएका उनको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो । हरेक फिल्ममा उनको अभिनयको प्रशंसा हुने गरेको भएता पनि फिल्मले भने नाफाको व्यापार गर्न सकेका छैनन् । 
 
आजकाल नाजिर फिल्मभन्दा म्यूजिक भिडियोतर्फ बढी आकर्षित छन् । ‘माया बिरानी’, ‘कैले भेट्ने खै ?’, ‘यो कुरा गोप्य’ लगायतका गीत हिट भएपछि अहिले उनको म्यूजिक भिडियोमा ठूलो डिमान्ड छ । एक भिडियोका लागि उनले एक लाखसम्म लिने गरेको बताइन्छ । ‘वीर विक्रम २’ पछि फिल्मविहीन भएका उनले गएको महिना मल्टीस्टारर फिल्म ‘हुतुतु’ साइन गरेका छन् ।
 
 
नम्रताको ‘माया’ नाजिर
 
नाजिर हुसेनलाई फिल्मकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालमार्फत् बर्थ-डे ‘विस’ गरिरहेका छन् । नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठले भने उनलाई विशेष रुपमा जन्मदिनको शुभकामना दिएकी छन् । केही समययता उनी नाजिरको प्रेममा रहेको चर्चा छ । सोमवार जन्मदिनको शुभकामना दिने क्रममा उनले नाजिरलाई सम्बोधन गरेको शब्दले यो चर्चामा सत्यता रहेको प्रष्ट्याउँछ ।
 
आफ्नो इन्स्टाग्राम स्टोरीमा नाजिरसँग खिचेको एक रोमान्टिक तस्विर राख्दै नम्रताले प्रेमिल भावमा लेखेकी छन्, ‘ह्याप्पी बर्थ-डे माया । आई मिस यू ।’ उनले नाजिरलाई ‘माया’ को रुपमा सम्बोधन गर्नुले उनीहरुबीच गहिरो प्रेम रहेको बुझ्न सकिन्छ । फिल्म ‘गाँठो’ मा उनीहरुले एकसाथ काम गरेका थिए । फिल्म असफल भए पनि नाजिर र नम्रताको प्रेम सफल होस्, शुभकामना ।
Most Visited News (monthly)