Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन

फिल्मीखबर, काठमाण्डौ, 2020/09/06
 
सयभन्दा बढी फिल्ममा द्वन्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको निधन भएको छ । फिल्म निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । 
 
५४ वर्षको उमेरमा निधन भएका उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन फिल्म सम्बन्धि विभिन्न संघ संस्थाका व्यक्तिसँगै प्राविधिक, निर्माता तथा निर्देशकहरु पुगेका थिए । उनले फिल्म क्षेत्रलाई अतुलनीय योगदान पुर्‍याएको भन्दै विभिन्न फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 
कलाकार राजेन्द्र खड्गीले अभिनय गरेका प्रायः फिल्ममा सुरेशले द्वन्द्व कलाकारको रुपमा काम गरेका छन् । कलाकार खड्गीले सामाजिक सञ्जाल फेसबुकमा उनलाई श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मनपर्ने द्वन्द्व कलाकारको निधनले दुखी भएको उल्लेख गरेका छन् । कलाकार सुरेश केही फिल्ममा अघोषित निर्माताको रुपमा समेत रहेको प्राविधिक संघका अध्यक्ष लामाले बताएका छन् ।
Most Visited News (monthly)