Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अरुणिमा र रञ्जनाको घनिष्टता

फिल्मीखबर, काठमाण्डौ, 2020/08/31
 
दशक अगाडि नेपाली फिल्ममा बलियो उपस्थिति जनाएकी अभिनेत्री अरुणिमा लम्साल अमेरिका बस्न थालेको वर्षौं भइसकेको छ । अमेरिका पुगेको केही वर्षपछि श्रीमानसँग डिभोर्स गरेर एकल जीवन विताउँदै आएकी उनको एक छोरी छिन् । लगातार फिल्म असफल हुन थालेपछि भविष्यको चिन्ताले अमेरिका पलायन भएकी उनले त्यसपछि नेपाल फर्किएर फिल्ममा काम गरेकी छैनन् । 
 
अर्की अभिनेत्री रञ्जना शर्माले पनि अमेरिकालाई कर्मथलो बनाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ । फिल्म ‘मौसम’ मा काम गरेपछि चर्चामा आएकी उनले यही फिल्मका निर्देशक श्याम भट्टराईसँग विवाह गरेकी थिइन् । अमेरिका पुगेको केही वर्षपछि सम्बन्ध विक्षेद गरेकी उनले दोस्रो घरबार बसाएकी छैनन् । उनी अमेरिकामा बस्ने एक युवकको प्रेममा रहेको चर्चा छ ।
 
अरुणिमा र रञ्जना फिल्म अभिनयमा सक्रिय रहँदा एकअर्कासँग खासै नजिक थिएनन् । अमेरिका पलायन भएपछि भने उनीहरु घनिष्ट साथी भएका छन्, जुन उनीहरुले सामाजिक सञ्जालमा पोस्ट्याउने तस्विरहरुले पनि बयान गर्छ । अमेरिकाको बाल्टिमोरमा बस्ने उनीहरुले यसपालीको हरितालिका तीज समेत सँगै मनाएका थिए । उनीहरुले विकेन्ड पनि सँगै विताउने गरेका छन् । 
 
गएको अगस्ट २० मा अरुणिमाको जन्मदिन थियो । उनलाई बर्थ-डे केक खुवाउँदै गरेको केही तस्विर फेसबुकमा साझेदार गर्दै रञ्जनाले आफूहरुको मित्रता कहिल्यै अन्त्य नहुने र यसलाई समयले मापन गर्न नसक्ने उल्लेख गरेकी थिइन् । यसले पनि अरुणिमा र रञ्जनाबीच कति प्रगाढ र अटुट सम्बन्ध कायम भएको छ भन्ने प्रस्टाउँछ । उनीहरुको मित्रता सधैं सुमधुर रहोस्, शुभकामना । 
Most Visited News (monthly)