.jpg)
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक भएको छ । ‘रुसिया लग्दानी’ बोलको गीतमा पञ्जाबका चर्चित गायक राहुल लखनपालको स्वर छ । गीतको भिडियोमा अदितीले गायक राहुलसँग रोमान्स गरेकी छन् । यूट्युब रिलिजको चार दिनमा गीतलाई १९ लाखभन्दा बढीले हेरिसकेका छन् ।
गीतले राहुलको आदितीप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । ३ मिनेट २८ सेकेण्डको भिडियोमा अदितीलाई पर्याप्त ‘स्क्रिन स्पेश’ दिइएको छ । दर्शकहरुले उनको अभिनय रुचाएका छन् । २ हजारभन्दा बढी कमेन्टमा उनको सुन्दरताको प्रशंसा गर्ने पनि धेरै छन् । वर्षौंदेखि भारतमा बस्दै आएकी उनी यो गीतले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा विश्वस्त छिन् ।
‘कृ’ पछि मुम्बई हानिएकी उनले यसअघि पनि केही भारतीय म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । गत वर्ष उनले बलिउड अभिनेता तथा गायक फरहान अख्तरले निर्माण गर्ने वेव सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओवरोयसँग काम गर्ने खबर बाहिरिएको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन । गएको पाँच महिनायता भने अदिती नेपालमा छिन् ।
‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्नका लागि उनी लकडाउन हुनुभन्दा अगाडि नेपाल आएकी थिइन् । त्यसको केही दिनमा देश लकडाउन भएपछि फिल्म फ्लोरमा जान सकेन । यो फिल्ममा उनको जोडी चर्चित गायक नितेशजंग कुँवरसँग बाँधिएको छ । अब उनी यो फिल्मको छायांकन भ्याएपछि मुम्बई फर्किने जानकारी प्राप्त छ ।
भिडियो :-

