Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ, सौगात र अर्पणको दोस्ती

फिल्मीखबर, काठमाण्डौ, 2020/08/25
 
फिल्म क्षेत्रमा कलाकारहरुको दुश्मनी र दोस्तीको हमेशा चर्चा हुने गरेको छ । कुनै समय एकअर्कासँग अत्याधिक नजिक रहेका कति कलाकारको अहिले ‘पानी बाराबार’ को सम्बन्ध छ । कति भने दुश्मनीलाई भुलेर घनिष्ट मित्र भएका छन् । हुनत, रंगिन दुनियाँमा यसलाई खासै ठूलो रुपमा लिइन्न । यही कारण भन्ने गरिएको हो- ‘फिल्म क्षेत्रमा कोही कसैको मित्र र दुश्मन हुँदैन ।’
 
नेपाली फिल्ममा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मित्रताको निकै चर्चा हुने गरेको छ । थिएटर पृष्टभूमिका यी दुईले फिल्म करिअरको सुरुवात लगभग एकै समयमा गरेका थिए । फिल्म ‘लुट’ पछि एकाएक लाइमलाइटमा आएका उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी समेत भन्ने गरिन्छ । तर, यस प्रकारका चर्चाले उनीहरुको सम्बन्धमा भने कुनै तिक्तता आएको छैन ।  
 
यी दुई भर्सटायल अभिनेताले ‘लुट’ सिरिज, ‘लप्पन छप्पन’ र ‘कबड्डी कबड्डी’ फिल्ममा सँगै काम गरेका छन् । दयाहाङले सौगातलाई लिएर फिल्म ‘माछा माछा’ समेत निर्माण गरेका थिए । संघर्षका दिनदेखि एकअर्कासँग नजिक रहेका उनीहरु फिल्म ‘लप्पन छप्पन’ को दोस्रो पार्टमा सँगै काम गर्ने तयारीमा थिए । फिल्मको छायांकनका लागि उनीहरु यूरोप पनि पुगेका थिए । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

उहिले हामी ....

A post shared by Dayahang Rai (@dayahangrai) on

 
तर, यूरोपमा छायांकन हुन नसकेपछि दयाहाङले फिल्मबाट हात झिके । उनले मंगलवार आफ्नो इन्स्टाग्राममा सौगात र अर्का अभिनेता अर्पण थापासँग यूरोपमा खिचेको एक तस्विर शेयर गर्दै ‘उहिले हामी’ भनेर लेखेका छन् । अभिनयमा पारंगत मानिने तीन अभिनेता एउटै फ्रेममा देखिएकोमा दर्शकहरुले खुसी व्यक्त गरेका छन् । तस्विरहरुमा उनीहरुबीचको मित्रता झल्किन्छ ।
Most Visited News (monthly)