Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनपछि लयमा फर्किँदै बलिउड

एजेन्सी, मुम्बई, 2020/08/24
 
कोभिड १९ ले आफूसँगै लकडाउन पनि लिएर आएको थियो । लकडाउनपछि भारतका सबै क्षेत्र ठप्प भए । संसारको दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउडमा पनि कुनै प्रकारका गतिविधि भएनन् । फिल्म निर्माण र प्रदर्शन रोकिएको ५ महिनाभन्दा बढी भइसकेको छ । अब भने बलिउड आफ्नो लयमा फर्किन थालेको छ । केही फिल्मको छायांकन सुरु भइसकेको छ ।
 
लकडाउनपछि अक्षय कुमार स्टारर फिल्म ‘बेलबटम’ को केही दिनदेखि धमाधम छायांकन भइरहेको छ । भारतमा छायांकन गर्न समस्या भएपछि यसका निर्माता ज्याकी भगनानी पूरै कास्ट लिएर चार्टर्ड प्लेनमार्फत् स्कटल्याण्ड पुगेका थिए । फिल्मको निर्देशन रञ्जित तिवारीले गरिरहेका छन् । फिल्ममा अक्षय कुमारसँगै लारा दत्ता र हुमा कुरेशीको पनि मुख्य भूमिका रहनेछ ।
 
अभिनेता आमिर खान पनि फिल्म ‘लाल सिंह चड्ढा’ को छायांकनका लागि टर्की पुगेका छन् । फिल्मको लकडाउनभन्दा अगावै छायांकन सुरु भएको थियो । लकडाउन भएपछि छायांकन रोकिएको थियो । भारतीय मिडियाका अनुसार, अब फिल्मको बाँकी छायांकन टर्कीमा हुनेछ । फिल्ममा आमिरको अपोजिटमा करीना कपूर छिन् । यो फिल्म दर्शकमाझ निकै प्रतिक्षीत छ ।
 
त्यस्तै, तापसी पन्नूको ‘रश्मि रकेट’ र जोन अब्राहमको ‘मुम्बई सागा’ को पनि चाँडै छायांकन सुरु हुँदैछ । लकडाउनपछि लामो समय सुनसान भएको बलिउड अब भने चलमलाउन थालेको छ । भारत सरकारले आइतवार १० बुँदे निर्देशिका सार्वजनिक गर्दै सुरक्षित तरिकाले छायांकन गर्न अनुमति दिएपछि बलिउड मेकर नयाँ फिल्मको छायांकनका लागि तम्सन थालेका छन् ।
Most Visited News (monthly)