Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा भन्छिन्, ‘डाक्टर-नर्समाथि दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय’

फिल्मीखबर, काठमाण्डौ, 2020/08/24
 
संसारभर संकट निम्त्याएको कोरोना भाइरसले नेपाललाई पनि थिलथिलो बनाएको छ । यसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । नियन्त्रणभन्दा बाहिर गइरहेको संक्रमणका कारण मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । भय र त्रासको यो समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् । 
 
शनिवार बानेश्वरको एक होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू बसेको थाहा पाएपछि कोरोना फैलिने भन्दै त्यहाँका स्थानीयहरुले विरोध गरे । अहिले सामाजिक सञ्जालमा उक्त घटना अमानवीय र असभ्य भएको भन्दै व्यापक टिका-टिप्पणी र आलोचना भइरहेको छ । नेपाली फिल्मकर्मीहरुले पनि स्वास्थ्यकर्मीमाथि भएको त्यसप्रकारको दुर्व्यवहारको निन्दा गरेका छन् ।
 
अभिनेत्री वर्षा सिवाकोटीले संक्रमितको स्याहारमा खटिएका डाक्टर तथा नर्सलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय रहेको बताएकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै यो कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई सम्मान गर्न आग्रह गरेकी छन् । मानवताको नाताले भए पनि अहिले एक​अर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ ।
 

 

वर्षाले लेखेकी छन्, ‘यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ​। यस्तो जटिल परिस्थितिमा एकअर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ​ ।’ 
Most Visited News (monthly)