Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताको गायन कलाको प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2020/08/24
 
फिल्ममा हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा चिनिएकी नीता ढुंगानाले आफ्नो परिचयको दायरा फराकिलो बनाउँदैछिन् । चाँडै फिल्मकी निर्मात्री बन्न लागेकी उनले गायन विधामा पनि हात हालेकी छन् । उनले गणेश भजन ‘वक्रतुण्ड महाकाय सूर्यकोटि...’ मा आफ्नो आवाज भरेकी छन्, जुन गणेश चतुर्थीमा युट्युबमा सार्वजनिक भइसकेको छ ।
 
रामजी लामिछानेको निर्देशन, सञ्जय लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको भिडियोमा नीता स्वयं फिचर्ड छिन् । भिडियोलाई उनी आफैंले निर्माण गरेकी हुन् । महंगो सेट लगाएर खिचिएको गणेश भजनको भिडियोलाई यूट्युबमा दर्शकहरुले निकै मन पराएका छन् । नीताको आवाज राम्रो रहेको भन्दै भोलीका दिनमा अरु गीत गाउन पनि दर्शकहरुले आग्रह गरेका छन् । 
 
यो समाचार तयार पार्दासम्म गणेश भजनलाई १ लाख ९३ हजारभन्दा बढी भ्यूज र ८ सयभन्दा बढी कमेन्ट प्राप्त भइसकेको छ । कमेन्ट बक्स निहाल्ने हो भने अधिकांशले नीताको गायन कलाको तारिफ गरेका छन् । केहीले उनलाई लुकेको प्रतिभा भनेका छन् । भने, केहीले मधुर स्वरकी धनी भन्दै प्रशंसाको पुल बाँधेका छन् । आफ्नो गायनलाई दर्शकले रुचाएकोमा नीता खुसी छिन् । 
 
लकडाउनको समयमा गणेश भजन रेकर्ड गराउने सोच पलाएको बताउने उनी कोरोनाको महामारी अन्त्य भएपछि एक लभस्टोरी फिल्म निर्माण गर्दैछिन् । फिल्ममा उनको जोडी अभिनेता कोशिश क्षेत्रीसँग बाँधिदैछ । लभ लाइफका कारण पनि चर्चामा आउने गरेकी उनको अहिले युवा ज्योतिष हरिहर अधिकारीसँग नाम जोडिएको छ । यद्यपि, यो कुरा दुवैले स्वीकार गरेका भने छैनन् ।
 
नीताको स्वरमा रहेको गणेश भजन हेर्नुहोस् :-
 

Most Visited News (monthly)