Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मीनको ‘चिसो वर्ष’ गर्दैछिन् बेनिशा ?

फिल्मीखबर, काठमाण्डौ, 2020/08/20
 
तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ बाट आफूलाई निर्देशकको रुपमा स्थापित गरेका मीनबहादुर भाम गएको २ वर्षदेखि एक फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको नाम ‘चिसो वर्ष’ जुराइएको छ । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । स्थिति सामान्य भए अर्को वर्षको बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ ।
 
निर्माण नहुँदै यो फिल्मको पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार समेत जितिसकेको छ । गएको महिना इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ ले ‘अन्तर्राष्ट्रिय सह-निर्माण’ का लागि उक्त पुरस्कार प्रदान गरेको थियो । हिमाली गाउँको कथामा निर्माण हुने फिल्मले बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रालाई प्रस्तुत गर्नेछ । 
 
यो फिल्मका लागि अहिलेसम्म कलाकार छनौट गरिएको छैन । बुधवार अभिनेत्री बेनिशा हमालले आफ्नो आधिकारिक फेसबुक र इन्स्टाग्राम स्टोरीमा निर्देशक भामसँगको भेटको एक भिडियो राखेपछि फिल्म ‘चिसो वर्ष’ मा उनी भित्रिएको अड्कलबाजी लगाउन थालिएको छ । यसअघि फिल्म ‘कालो पोथी’ मा दुईबीच सहकार्य भएको थियो । फिल्ममा बेनिशाको केमियो रोल थियो ।
 
 
‘कालो पोथी’ ले विश्व स्तरमा कमाएको ख्यातीका कारण अहिले धेरै नेपाली कलाकार मीनसँग काम गर्न इच्छुक छन् । बेनिशा अपवाद हुने कुरै भएन । तर, उनले सामाजिक सञ्जालमा राखेको स्टोरीमा उनीहरुलाई कोरोना परीक्षण गर्दै गरेको देख्न सकिन्छ । उनीहरुको संयोगले कोरोना परीक्षण गराउने क्रममा भेट भएको थियो वा फिल्मका लागि ? धेरैलाई चासोको विषय बनेको छ ।
Most Visited News (monthly)