
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन भारतसँगै विश्वभर परिचित छिन् । उनको सुन्दरता र अभिनयका प्रशंसक विदेशी कलाकार पनि छन् । प्रियंका चोपडा र दीपिका पादुकोणभन्दा धेरै अगाडि उनले हलिउडमा आफ्नो पाइला राखेकी थिइन् । उनले ‘द पिङ्क प्यानथर २’ र ‘प्रोभोक्ड’ जस्ता फिल्ममा काम गरेकी छन् । उनले थुप्रै हलिउड फिल्मको प्रस्ताव नकारेकी पनि छन् ।
करिब १६ वर्षअघि उनलाई हलिउड सुपरस्टार ब्राड पिटसँग एक फिल्ममा काम गर्ने अवसर मिलेको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् । सन् २०१२ मा ब्राड पिटले एक अन्तर्वार्तामा भनेका थिए, ‘मौका मिल्यो भने म ऐश्वर्या राय बच्चनसँग काम गर्न चाहन्छु । उहाँ साँच्चै उम्दा कलाकार हुनुहुन्छ । फिल्म ‘ट्राय’ मा हामी सँगै काम गर्ने सम्भावना प्रवल थियो तर त्यो हुन सकेन ।’
सन् २००४ मा आएको ‘ट्राय’ मा ऐश्वर्यालाई पिटको अपोजिट रोल अफर गरिएको थियो । तर, उनले फिल्म गर्न मानिनन् । यसपछि निर्माण टिमले उनको ठाउँमा अभिनेत्री डाएन क्रुगरलाई अनुबन्ध गरेको थियो । योभन्दा अगाडि अर्का हलिउड सुपरस्टार विल स्मिथ अभिनीत तीन फिल्म ‘हिच’, ‘सेवन पाउन्ड्स’ र ‘टूनाइनट ही कम्स’ मा काम गर्न पनि ऐश्वर्याले अस्वीकार गरेकी थिइन् ।

